काठमाडौं, फागुन ५। संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
काठमाडौं जिल्ला अदालतले सोमबार फैसला गर्दै महरालाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।
प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार