२०७८ असार ६ गते आइतवार

प्रतिष्ठानमा पाठेघरको ट्युमरको सफल शल्यक्रिया

farakkon
घोराही, फागुन ४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिलाको पाठेघरमा पलाएको ट्युमरको सफल सल्यक्रिया भएको छ । प्रतिष्ठानका डिन तथा प्रसुतिरोग विशेषज्ञ डा. बसन्त लामिछानेले आइतवार अत्यन्तै जटिल तथा मेजर शल्यक्रिया सफल भएको भन्दै खुसी साटे ।

अबदेखि प्रतिष्ठानमा सरकारको नीति अनुरुप गर्भवती महिलाहरुको निशुल्क चेकजाँच हुनुका साथै सुत्केरी हुँदा वा शल्यक्रिया गर्दा पनि कुनै शुल्क नलाग्ने जानकारी दिइएको छ । हाल मासिक ८० जति आमाहरुले यो सुविधा लिइरहेको प्रतिष्ठानले जनाएको छ ।

एनेस्थेसिया विशेषज्ञको अभावमा रातको समयमा भने शल्यक्रिया कम मात्र हुने गरेको छ । थप चिकित्सक भए चौविसै घण्टा प्रसुति सेवामा चिकित्सक उपलव्ध हुने तथा शल्यक्रिया पनि हुने प्रतिष्ठानका निर्देशक डा.सागर पन्थीले बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *