२०८२ जेष्ठ ४ गते शुक्रवार

शान्तिनगर गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुने

लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन ४ ।  शान्तिनगर गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ ।

शान्तिनगर गाउँपालिका को आयोजना तथा बि.पि. कोईराला नमुना मा.बि.बयाले सिमतारा शान्तिनगर ३ को संयोजनमा यहि फागुन ७ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र र छात्रा,ऐथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र र छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र र छात्रा बिच कडा प्रतिस्पर्धा हुने बिधालयका शिक्षक तथा प्रतियोगिता अभिलेख ब्यबस्थापन उपसमितिका संयोजक खेम राज तिवारी ले जानकारी दिए ।

प्रतियोगितामा शान्तिनगर गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि गरि १० बिद्यालयको सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्ररछात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।

यसैबिच प्रतियोगिता को सयोजनको जिम्मा पाएको बि.पि. माबी बयाले सिमतारा ले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ ।

बिधालयका प्रधानाध्यापक भागवत न्यौपाने सदस्य सचिव रहेको प्रतियोगिता मुल आयोजक समितीको मातहतमा रहने गरि विभिन्न उपसमिती गठन गरि आफ्नो तयारी लाई तिब्र पारिएको बिद्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *