घोराही, माघ २८ । कोरोना भाइरस रोगको ब्यबस्थापनको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले छुट्टै एउटा समिति निर्माण गरेको छ । कोरोना न्यूनिकरण,संक्रमण रोकथाम र स्क्रिनिङ्गको लागि मंगलवार समिति निर्माण गरिएको हो । समितिमा प्रतिष्ठानका चिकित्सकहरु नै रहेका छन् ।
जसको संयोजकमा प्रतिष्ठानका एमजिडिपी डा.अमित लाम्गादे रहेका छन् । सदस्यहरुमा इएनटी सर्जनका कन्सलटेन्ट डा. बिक्रम बुढाथोकी, प्याथोलोजी लेक्चर डा.गोपाल लामा रहेका छन् भने मेडिकल अफिसर डा.सदिक्षा योगी सदस्य सचिब छन् ।
प्रतिष्ठानकी शाखा अधिकृत लिलाकुमारी देबकोटाले १० शैयाको आइसोलेसन वार्ड छुट्याइएको जानकारी दिइन । त्यसका लागि मेडिकल अफिसर डा. सदीक्षा योगीलाई फोकल पर्सन तोकिएको छ ।
प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार