२०८१ असोज २९ गते मङ्गलवार

शव घरको फ्रिज दुई वर्षदेखि प्रयोगमा आउन सकेन


निशान भट्टराई,
घोराही,माघ २६ । तत्कालिन राप्ती उपक्षेत्रिय अस्पताल हुँदा शव घरमा राख्ने भनेर ल्याइएको फ्रिज हालसम्म थन्किदै आएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव घर भने गन्हाउँदै आएको छ । ‘जिर्ण अवस्थाको शव घरमा फ्रिज राख्ने अवस्था छैन,नयाँ वनाउन रकम छैन,’ प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले भने । झन्डै अढाई वर्ष पहिले आठदेखि दश लाख पर्ने फ्रिज ल्याइएको भएपनि हालसम्म प्रयोगमा आउन नसकेको अस्पताल इञ्चार्ज रमिता गौतमले बताइन ।

प्रतिष्ठान आफैलाई सञ्चालन गर्न गाह्रो भएको अवस्थामा हालसालै शव घर निर्माण गर्न नसकिएको तर्क रजिष्टार प्याकुरेलले गरे ।

शव घरमा फ्रिज नहुँदा बेवारीसे अबस्थामा फेला परेका शवहरु राख्दा निकै समस्या हुने गरेको छ । फ्रिज सहितको शव घर निर्माण भएमा ५ देखि ७ जनाको शब राख्न सकिने प्याकुरेलले बताए । फ्रिज भए गर्मि याममा शब कुहिने तथा गन्हाउने समस्या हट्ने उनले बताए ।

उनले थन्किदै आएको फ्रिजलाई प्रयोगमा ल्याउने वातवरण निर्माण गरिदिन आग्रह समेत गरेका छन् । यो सवालमा घोराही उपमहानगर वडा नम्बर १ का वडा अध्यक्ष राममणि पाण्डे भने सकारात्मक सुनिए । अस्पतालले शव राख्ने घर निर्माणका लागि बजेट माग गरेर उपमहानगरमा निबेदन दिए बजेट उपलब्ध गराउन सकिने उनको भनाई छ । फ्रिज सहितको शब घर निर्माण गर्न आफुले पहल गर्ने वडा अध्यक्ष पाण्डेले आश्वासन दिए ।

प्रकाशित मिति : २०७६ माघ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *