२०८१ असोज २९ गते मङ्गलवार

लमहीमा पाँच करोडको लागतमा खुल्यो मृगौला डायलाईसिस सेन्टर


लमही, माघ २३ । दाङको लमहीमा झण्डै पाँच करोडको लगानीमा सामुदायिक डायलाईसिस सेन्टर स्थापना गरिएको छ । यो खेलुपछि मृगौलाका बिरामीले राहात महशुस गरेका छन् । लमही नगरपालिका वडा नं. ५ रातोडाँडामा सामुदायिक डायलाईसिस सेन्टर स्थापना भएपछी मृगौलाको नियमित डायलाईसिस गर्नुपर्ने बिरामीले सेवा पाउन थालेका हुन ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा डायलाईसिस सेन्टर स्थापना गरेको रोटली क्लव अफ लमहीका अध्यक्ष रविलाल आचार्यले जानकारी दिए । हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस सेवा शुरु गरिएको छ । आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने बताइएको छ ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले डायलाईसिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य भएको दाबी गरे ।

करिब ५ करोडको लागतमा १० वटा मेशिन जडान गरि शुरु गर्न लागिएको सेन्टरबाट दैनिक ३० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने जानकारी दिइएको छ । बुधबार उद्घाटन भएको दिन आठ जना बिरामीले डायलाईसिस सेवा लिएका थिए ।

सरकारले मृगौलाको निःशुल्क उपचार घोषणा गरेको भएपनि बिरामीले जिल्लास्थित सरकारी अस्पतालबाट भनेको समयमा डायलाइसिस सेवा पाउन सकिरहेका छैनन् । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा जम्मा ५ वटा मेसिन छन् भने घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जम्मा २ वटा मात्रै मेसिन छन् ।

त्यसैले विरामीले डायलाइसिस सेवा लिन पालो कुर्नेपर्ने बाध्यता छ । भनेको समयमा सेवा पाउन नसकेपछि विरामी डायलाइसिसका लागि बाहिरी जिल्ला जानुपर्ने अवस्था थियो । तर लमहीमा सेवा केन्द्रको स्थापना भएसंगै अव त्यो बाध्यताको अन्त्य हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २०७६ माघ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *