अछाम, माघ २१ । अछाम जिल्लाका एक वडा अध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का अध्यक्ष ४० बर्षीय पदमबहादुर धामी मृत अवस्थामा फेला परेका छन् ।
मंगलबार बिहान घरदेखि अन्दाजी दुई सय मिटर टाढा रहेको भैंसीगोठमा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
नेपाली काँग्रेसवाट निर्वाचित धामीको टाउकोमा चोट देखिएको छ । उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारती नेतृत्वको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति : २०७६ माघ २१ गते मङ्गलवार