२०८२ असार ३१ गते बुधवार

रविले पाए सफाई


चितवन, पुस ५ । आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्।चितवन जिल्ला अदालतले लामिछानेसहित तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको हो ।

लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई पनि अदालतले सफाइ दिएको छ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पारेको भन्दै सरकारी वकिल कार्यालय चितवनले तीनैजनालाई मुद्दा लगाएको थियो।

पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको साथबाट आत्महत्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो। जसमा उनले लामिछानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए।

पुडासैनी न्युज २४ टेलिभिजनमा लामिछानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता थिए। जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : २०७६ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *