२०८२ असार ३० गते मङ्गलवार

बलात्कारलाई कतिपयले पेशा बनाउन खोज्दा मुद्दा बढे- मुख्य न्यायाधिस पोखरेल

उच्च अदालत तुलसीपुर लक्ष्य भन्दा बढी मुद्दा फच्र्यौट गर्न सफल

यमकला भुसाल,तुलसीपुर,२४ पुस । उच्च अदालत तुलसीपुरले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म लक्ष्य भन्दा बढी मुद्दा फच्र्यौट गरेको छ ।

चालु आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि मंसिर मसान्तसम्म अदालतमा दर्ता भएका २ सय ३८ वटा मुद्दा मध्ये एक सय ७४ मुद्दा फच्र्यौट गर्न सफल भएको छ । बुधवार अदालतले पत्रकारसंग गरेको अन्तरक्रियामा उक्त जानकारी दिइएको हो ।

उच्च अदालत तुलसीपुरका रजिष्ट्रार एवं सुचना अधिकारी प्रेम खड्काले अदालतले लक्ष्य भन्दा  बुढी मुद्दा फच्र्यौट गर्न सफल भएको बताए ।

सूचना अधिकारी खड्काले साउन महिनामा लक्ष्य अनुसार ३ मुद्दा, भदौमा २९ लक्ष्य रहेकोमा दोब्बर बढी ६१ मु्द्दा,असोजमा १७ मुद्दाको लक्ष्य रहेकोमा २५ मुद्दा ,कार्तिकमा ३१ मुद्दाको लक्ष्य रहेकोमा ५२ वटा मुद्दा फच्र्यौट गर्न सफल भएको जानकारी दिए ।

मंसिर महिनामा भने ४८ वटा मुद्दा फछ्यौट गर्ने लक्ष्य राखिएको भएपनि त्यो भन्दा केही कम ३३ मुद्दा मात्रै किनारा लगाउन सकिएको सूचना अधिकारी खड्काले जानकारी दिए । उच्च अदालतको हालसम्मको तथ्याङ्क नियाल्दा लक्ष्य भन्दा बढी (१३९.२० प्रतिशत ) प्रगती भएको खड्काले बताए ।

कार्यक्रममा अदालतका मुख्य न्यायधीस रमेश पोख्रेलले चालु आर्थिक वर्षमा बलात्कारका मुद्दा बढी दर्ता भएको जानकारी दिए । कतिपयले त्यस्लाई पेशाको रुपमा समेत अंगाल्न खोजेको हुँदा बलात्कारको घटनाहरुको बृद्धि भएको उनले बताए ।

अदालतमा ज्यान मार्ने उद्योग सम्वन्धि घटना पनि बढी दर्ता भएको मुख्य न्यायाधिस पोखरेलले बताए । उलने हाल अदालतमा बैकिंङ कसुरका दुई वटा मुद्दा चलिरहेका जानकारी दिए । यो अदालतलले चालु आर्थिक वर्षमा कुल ४ सय ८५ थान मुद्दा फच्र्र्यौट गर्ने लक्ष्य लिएको जानकारी दिएको छ ।

अदालतमा आवश्यक जनशक्तिको अभाव उच्च अदालत तुलसीपुरमा आवश्यक जनशक्ति नहुदाँ न्याय सम्पादनमा केही समस्या भएको औंल्याएको छ ।

अदालतका मुख्य न्यायधिस पोख्रेलले अदालतमा ६ जना न्यायाधिसको दरबन्दी रहेपनि त्यो अनुसारको न्यायाधिस नभएको बताए ।

कार्यक्रममा पत्रकार सुरेस क्षेष्ठ,सुसील बस्नेत लगाएतले मनतब्वय राखेका थिए भने सहजिकरण अदालतका शाखा अधिकृत मानबहादुर विष्टले गरेका थिए ।

 

 

 

प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *