निशान भट्टराई,
दाङ, पुस २० । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला मै पहिलो पटक मानसिक रोग सम्वन्धि उपचार सेवा सुरु गरेको छ । यही हप्तादेखि प्रतिष्ठानमा मानसिक रोग विशेषज्ञ डाक्टर सुनैना यादवले त्यो सेवा दिन थालेकी हुन । त्यसैले मानसिक रोगका विरामीहरुले पनि अब जिल्लामै परामर्ष तथा उपचार सेवा पाउन थालेका छन् । मानसिक केही विरामीहरुलाई भर्ना समेत गरिएको छ ।
विशेषज्ञ चिकित्सकको अभावमा जिल्लाका धेरै विरामी बाहिरी जिल्लामा गएर उपचार गराउनु पर्ने बाध्यता थियो । जसले गर्दा उनीहरुको खर्च बढी हुने गर्दथ्यो । यस्तो सेवा जिल्लामा अरु कुनैपनि स्वास्थ्य संस्थाले हालसम्म प्रदान गर्न सकेका छैनन् ।
वालवालिकाको उपचार सेवा सुरु
प्रतिष्ठानले वालवालिकाको उपचार सेवापनि सुरु गरेको छ । त्यो सेवा डा.नेत्रप्रशाद वन्जाडेले दिदै आएका छन् । वन्जाडेले तुलसीपुरको तुलसी अस्पताल र काठमान्डौंको मेडीसिटी अस्पतालमा समेत सेवा दिएका थिए । पछिल्लो समय विशेषज्ञ चिकित्सक र मेडिकल अफिसरहरु थपिएसंगै सेवा प्रभावकारी हुन थालेको दाबी प्रतिष्ठान प्रशासनले गर्न थालेको छ ।
कन्सल्टेन्ट फिजिसीयन र वाल रोग विशेषज्ञ सेवा अझै थप्ने तयारीमा प्रतिष्ठान रहेको प्रशासनका शाखा अधिकृत झंकार लामिछानेले बताए । हालसालै मेडिकल अफिसर ५ जना थपिएको हुँदा मेडिकल अफिसरको सख्या मात्रै १० पुगेको लाछिानेले जानकारी दिए ।
प्रतिष्ठानले बार्षिकोत्सवका अवसरमा दांत उपचार सेवा समेत सुरु गरेको थियो । दांतका जटिल प्रकारका शल्यक्रिया समेत प्रतिष्ठानमा हुँदै आएको छ ।
प्रतिष्ठानले चौविसै घण्टा ल्याव सेवा सञ्चालनमा ल्याएको बताएको छ । त्यसैगरी समयमा स्वास्थ्य परीक्षण गराउन पेइङ क्लिनिकपनि सञ्चालनमा ल्याइएको छ ।
विगतका तुलनामा विरामिको सख्या बढेको र उपचार सेवा प्रभावकारी बनेको रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिए । सरकारवाट आवश्यक बजेट प्राप्त भएमा आइसियु र अरु अविशेषज्ञ सेवा थप्न सकिने उनले बताए ।
जसमा विरामीले नियमित भन्दा थप शुल्क तिरेर आफुले चाहेको विशेषज्ञ चिकित्सकबाट उपचारसेवा पाउने व्यवस्था गरिएको अस्पताल प्रशासनका लामिछानेले बताए ।
प्रतिष्ठानले प्याथोलोजिष्टको सेवापनि सुरु गरेको छ । युरीन कल्चर र स्टुल कल्चर लगायतका गम्भीर खालका दिसा पिसाव र रगत परीक्षण गर्ने वायप्सी परीक्षण समेत सुरु भएको छ ।
छाला रोग विशेषज्ञ, रेडियोलोजी सेवा यस अघिनै जारी
सुरु भइसकेको छ । प्रसुति सेवामा पनि थप एक जना विशेषज्ञ थपिएका छन् । अब चौविसै घण्टा सेवा निशुल्क सेवा दिन संभव भएको छ । आइसियु र केही विशेषज्ञ सेवा थप्नका लागि आवश्यक बजेट उपलब्ध हुनुपर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक नारायण भुसालले बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका भुसालले त्यसो हुन सकेमा प्रतिष्ठानले शैक्षिक क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल गर्ने उनले आशा व्यक्त गरे ।