२०८२ असार २४ गते बुधवार

सिटी हस्पिटलमा एपेन्डिसाईटीसको सफल अप्रेसन


दाङ,मंसिर २६। तुलसीपुर सिटी हस्पिटलमा बुधवार पहिलो पटक एपेन्डिसाईटीसका एक विरामीको सफल अप्रेसन भएको छ । हस्पिटलका बरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुशिल खनिया नेतृत्वको टिमले तुलसीपुर निवासी एपेन्डिसाईटीसका विरामी सञ्तोष ढकालको सफल अप्रेसन गरेको हो ।

अप्रेसन टिममा बरिष्ठ एनेस्थेसिया डा. सगुन शर्मा, डा. चन्द्रवाल खटिक,स्टाफ नर्स नीति पुडासैनी लगाएको सहभागिता थियो ।

सिटी हस्पिटलले पछिल्लो समय हाडजोर्नीको अप्रेसन पनि सुरु गरेको हस्पिटलका प्रवन्ध निर्देशक मेहराज बस्नेतले जानकारी दिए । निर्देशक बस्नेतले निकट भविस्यमा नै द्रुबिन विधिवाट पित्तथैलीको अप्रेसन गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।

उनले हस्पिटलको सेवालाई थप विश्वसनिय र प्रभावकारी वनाउने उदेश्यका साथ, रेडियाेलाेजीस्ट कन्सल्टेन्ट डा सराेज पाैडेल, स्त्री तथा प्रसुती राेग विशेषज्ञ डा शेखर थापा , हाड जाेर्नि तथा नसा राेग विशेषज्ञ डा सवल क्रिस्न गैरे लगायत काे विशेषज्ञ डाक्टर काे टाेलि भित्र्याएकाे वताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *