२०८१ जेष्ठ ११ गते शुक्रवार

बलात्कारकाे आराेपमा वडाध्यक्ष पक्राउ

सप्तरी,२५ मंसिर । एक जना महिलालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका १२ का वडाध्यक्षलाई पक्राउ गरेको छ  ।

वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ  गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताए ।

उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान साहलाई पक्राउ गरिएको  हो ।

स्थानीय एक महिलाले आफूलाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको डीएसपी भारतीले बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *