२०८२ बैशाख ३० गते सोमवार

 लैंगिक हिंसाको मुख्य कारण मदिरा र लागुऔषधको सेवन – उपप्रमुख बुढा


नन्दराम खड्का,
होलेरी,मंसिर २४ । जिल्ला समन्वय समिति रोल्पाकी उपप्रमुख विमला बुढाले लैंगिक हिंसा पुरुषले मात्रै नभई महिलाले पनि गर्ने गरेको बताएकी छन् । मंगलवार रोल्पाको रुन्टीगढी गाउँपालिकाले गरेको लैंगिक हिंसा विरुद्धको अभियालाई सम्वोधन गर्दै उपप्रमुख बुढाले यद्यपी समाजमा महिला भन्दा पुरुषले बढी हिंसा गर्दै आएको हुँदा त्यसमा खवरदारी आवश्यक रहेको बताइन । उनले भनिन् ‘प्रायः जसो ठाउमा पुरुषले महिलामाथि हिंसा गरेको पाइन्छ भने कतिपय ठाउमा पुरुष पनि यसको शिकार बनिरहेका छन् । त्यो दुबै लैंगिक हिंसा हो।’

प्रमुख अतिथि बुढाले लैंगिक हिंसा अन्त्य गर्न गाउँ–गाउँसम्म जनचेतनाको फैलाउन जरुरी रहेको तर्क गरिन ।

लैंगिक हिंसा पुरुषले महिलालाई वा महिलाले पुरुष माथि गरिने हिंसा भएको हुँदा त्यो अन्त्य गर्न चेतना आवश्यक रहेको बताइन ।

उनले हिंसाको प्रमुख कारण भने मदिरा तथा मादक पदार्थको सेबन नै भएको तर्क गरिन । लागु औषध तथा मदिरा जन्य पदार्थको सेवनमा कमि ल्याउन सके हिंसा पनि घट्ने उनको अपेक्षा छ ।

गाउँपालिका अध्यक्ष बालाराम बुढाले लैंगिक हिंसाले परिवार , समाज र सिगो देशको बिकासलाई असर पुर्याउँदै आएको भन्दै अन्त्य गर्न सबैले भूमिका खेल्नु पर्ने बताए । कार्यक्रम पूर्व होलेरीमा सचेतना र्यालीको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *