दाङ,मंसिर २४ । दाङ गढवा स्थित एक स्थानीयको घरमा मध्य रातमा आगलागी भएको छ ।
गढवा गाउँपालिका वडा नं। ७ विजयपुर निवासी चुमा थापा मगरको भान्सा घरमा मंगलवार राति सवा एक बजेतिर आगलागी भएको छ ।
फुसको छानायुक्त एक तले घरमा भएको आगलागी बाट त्यहाँ रहेका अन्नपात,भाँडा वर्तन, काठ दाउरा समेत गरि करिव एक लाख २० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
मगरको घरमा लागेको आगो स्थानीयको सहयोगमा विहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
शाहका अनुसार जाडो महिना भएको हुँदा राति आगो ताप्न अगेनामा बालेको आगो फैलिदै गएपछि आगलागी भएको भन्ने खुल्न आएको जानकारी दिए ।
‘जाडो महिनामा ताप्नका लागि बालिएको आगो ननिभाएर सुत्दा त्यो फैलिदै गएर घरमा आगो सल्किएको भन्ने खुल्न आएको छ,’ डिएसपी शाहले भने ‘ आगो तापेपछि निभाएर नसुत्दा हुने दुर्घटना वाट सबै सजग हुन जरुरी छ ।’