घोराही,२ मंसिर । बरिष्ठ पत्रकार, साहित्यकार, प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका संस्थापक एवं सल्लाहकार नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ ।
घोराही उपहानगरपालिका वडा नम्बर १७ बर्गदी निबासी रोहिणीदेवी शर्माको सोमवार बिहान ८५ बर्षको उमेरमा घोराही १५ मा असामयिक निधन भएको हो ।
विरामी अबस्थामा रहेकी शर्माको उपचारका क्रममा घरमै सोमवार बिहान ५ बजे निधन भएको हो ।
उनको आजै मध्यान्न १२ बजे घोराहीको कटुवाखोला स्थित शंखेपिपलघाटमा दाहासंस्कार गरिने परिवारले जनाएको छ ।
शर्माका चार छोरा र एक छोरी छन ।
प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार