दाङ,कात्तिक ३०। सीमा अतिक्रमणको विरोधमा राष्ट्रिय जनमोर्चा दाङले शुक्रवार लमहीमा शव यात्रा निकालेको छ ।
जिल्ला पार्टीको आयोजनामा विरोध स्वरुप लमहीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शव यात्रा गरिएको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।
भारतले सार्बजनिक गरेको जाली नक्साको विरुद्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोधिको शंख बजाउदै शब यात्रा गरि दागबत्ति दिएर अन्त्यष्टि गरिएको अध्यक्ष आचार्यले बताए ।
त्यसपछिको कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले भारतले विभिन्न माध्यमबाट नेपालको स्वाधिनतामाथि धाबा बोल्ने काम गरेको हुँदा त्यसका विरुद्ध सबै नेपाली एक जुट भएर विरोधमा उत्रनुपर्ने बताएका छन् ।
लमही नगर अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रमलाई रक्तिम सास्कृतिक अभियानमा केन्द्रिय सल्लाहकार नारायण योगी लगाएतले सम्वोधन गरेका थिए ।