२०८१ असोज २९ गते मङ्गलवार

तुलसीपुरमा खोपका लागि २ सय १८ स्वयमसेविका परिचालन गरिने

तुलसीपुर,असोज २८ । तुलसीपुरमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन २ सय १८ महिला स्वास्थ्य स्वंयमसेविका परिचालन गरिने भएको छ । राष्ट्रिय कार्यक्रम अनुसार आगामी कार्तिक २ र ३ गते देश व्यापीरुपमा जुकाको औषधी र भिटामिन ‘ए’ ख्वाउने कार्यक्रम रहेको छ ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार स्वास्थ्यकर्मीको समन्वयमा उपमहानगरका १९ वटै वडामा महिला स्वास्थ्य स्वयंम्सेविकालाई परिचालन गरिने भएको हो । प्रत्येक वडामा सवैलाई पायक पर्ने गरी स्थान तय गरी औषधी खुवाईने भएको हो ।

औषधि खुवाउनका लागि स्वास्थ्य महाशाखाले सबै स्वास्थ्य चौकीहरुमा औषधि पुर्याइसकेको जानकारी दिइएको छ । तुलसीपुर उपमहानगरपालिका भित्र १३ हजार ९ सय ७८ जना वालवालिका रहेका छन् ।

बालबालिकामा भिटामिन ‘ए’ को कमीबाट हुने रोगबाट बचाउन, रोग प्रतिरक्षाशक्ति बढाउन, बाल मृत्युदर घटाउन अनिवार्य रुपमा भिटामिन ‘ए’ खुवाउन उपमहानगरवासीमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले आग्रह गरेका छन् । पाएक पर्ने स्थानमा गएर आफना बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सकिने छ ।

 

प्रकाशित मिति : २०७६ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *