२०८१ बैशाख ८ गते शनिवार

बन्द बाल अस्पताल कहिले सञ्चालनमा आउँछ ?


दाङ, असोज २८ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित उमाशंकरनाथ योगी बाल अस्पतालमा विगत लामो समयदेखि ताल्चा लाग्दै आएको छ । आकर्षक भवन र उपकरण रहेपनि माल पाई चाल नपाएको जस्तै अवस्था देखिएको छ ।

यो बाल अस्पताल १० वर्ष अगाडि २०६६ सालमा भारतीय दुताबासको ६६ लाख रुपंैयाको सहयोगमा निर्माण गरिएको हो । भारतीय दुताबासले अस्पतालको भवन निर्माण गर्न भन्दै तत्कालिन दाङ जिल्ला विकास समिति मार्फत ७७ लाख रुपैंया उपलव्ध गराएको थियो । तर टेन्डर प्रक्रियाका कारण ६६ लाख रुपैंयामा अस्पतालको भवन निर्माण गरिएको हो ।

सर्रामा बाल अस्पताल निर्माण भएको हुँदा २०६६ साल असारदेखि घोराही बजारमा सञ्चालन हुँदै आएको बाल अस्पताललाई सर्रामा सारियो । स्थानीय ३५ बर्षी शरद योगीका अनुसार घर नजिकै अस्पताल आउँदा त्यतिबेला स्थानीय दंग भएका थिए । तर स्थानीयको त्यो खुसी भने लामो समय टिक्न सकेन । वर्षदिन नवित्दै अस्पताल बन्द भयो । अब कहिले सञ्चालन हुन्छ भन्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति : २०७६ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *