२०८३ असार १ गते सोमवार

प्रतिष्ठानले कार्तिक १ गतेदेखि सुत्केरी भत्ता दिने


घोराही, असोज १६ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रसुती सेवाका लागि आउने महिलाहरुलाई कात्तिक १ गतेदेखि सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि बजेटको अभाव देखाउँदै सुत्केरी भत्ता वितरण वन्द गरिएको थियो ।

हाल आएर स्वास्थ्य मन्त्रालयले बजेट दिएको हुँदा प्रतिष्ठानले फेरि कार्तिक १ गतेवाट प्रसुती सेवा लिन आउने महिलाहरुलाई सुत्केरी भत्ता दिने निर्णय गरेको प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयवाट यही हप्ता २ करोड बजेट निकासा भएको हुँदा कार्तिक १ गतेवाट सरकारले दिदै आएको १ हजार ८ सय रुपैंया सुत्केरी भत्ता फेरि प्रदान गर्ने निर्णय गरिएको रजिष्ट्रार प्याकुरेलले बताए ।

प्रतिष्ठानले आफुले दिने ओपिडी र ईमरजेन्सी शुल्कमा समेत हेरफेर गरेको जानकारी दिएको छ । यसअघि ओपिडी शुल्क २५ रुपैंया थियो भने ईमरजेन्सीको शुल्क ३० रुपैंया लिइदै आइएको थियो । कार्तिक १ गतेदेखि भने ओपिडीको शुल्क बढाएर दोब्बर ६० रुपैंया पु¥याउने तथा ईमरजेन्सीको शुल्क ८० रुपैंया लिने निर्णय गरि तयारी भएको स्रोतले बताएको छ ।

शुल्क बृद्धि सम्वन्धि रिटमा उच्च अदालत तुलसीपुरले रिट खारेज गरेर शुल्क हेरफेर गर्ने अधिकार प्रतिष्ठानलाई दिएपछि प्रतिष्ठानले नयाँ शुल्क कायम गरेको रजिष्टार प्याकुरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असोज १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *