२०८१ साउन ९ गते बुधवार

राउटेले घोराहीवाट २८ हजार दशैं खर्च उठाएर फर्के


लिलाधर वली,
दाङ,असोज ११ । दसैं आएसँगै ‘खर्च जुटाउन’ दाङमा आउका राउटे समुदायका मानिसहरु २८ हजार खर्च जुटाएर फर्केका छन् । शुक्रवार विहान बस चढेर घोराही आई पुगेका उनीहरुले घोराही उपमहानगरपालिका वाट २० हजार, जिल्ला प्रशासन कार्यालयवाट ७ हजार र एक अर्कौ संस्थावाट एक हजार रकम संकलन गरेर फेरि दैलेख जान भनि फर्किएका छन् । सुर्खेतसम्म बसमा चढेर जाने व्यवस्था जिल्ला प्रशासन कार्यालय दाङले मिलाई दिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले बताए । ‘उहाँलाई मैले सुर्खेत सम्म जानको लागि बसमा निशुल्क व्यवस्था गराई बसमा चढाएर पठाएको थिए,’ प्रजिअ रिजालले भने ।

वन जंगलमा फिरन्ते जीवन व्यथित गर्दै आएको लोपोन्मुख राउटे समुदाय पछिल्लो समय विस्तार परिवर्तन हुँदै आएको छ । राउटेहरू यो दसैंमा पनि विभिन्न समूह बनाएर आर्थिक साहेता संकलन गर्नको लागि सहर बजारमा पशेका छन् । दसैं नजिकिदै गर्दा राउटे समुदायका सहायक मुखिया नारायण शाहीको नेतृत्वमा बिर्खे शाही र दले शाही गरि तीन सदस्य टोली दाङको घोराही आईपुगेको हो।

दसैका लागि आवश्यक नयाँ कपडा र खसी–बोका किन्नका लागि पैसा उठाउन दाङ आएको राउटे समुदायका सहायक मुखिया शाहीले बताए।

‘दसैंमा नयाँ कपडा लगाउनुपर्छ, मासु खानलाई खसी–बोका किन्न पैंसा छैन’,सहायक मुखिया शाहीले भने,‘ हामीसंग पैंशा नभएकै कारण पैसा उठाउन हिडेका छौं।’ बर्षमा एक पटक आउने दसैं पर्वलाई रमाइलो गरि मनाउनका लागि खर्च जुटाउन हिडेको शाहीले बताए। सरकारले उनीहरूलाई मासिक भत्तापनि दिँदै आएको छ। तर केही महिना यता त्यो भत्ता आउन ढिला भएको हुँदा दसैंको समयमा निराश भएका आफ्ना जनतालाई खुसी तुल्याउन पैंशा उठाउन आएको शाहीले जानकारी दिए । उनले झन्डै १० वटा जति खसी बोका र ४५ बोरा जति चामल दशैंमा आवश्यक पर्ने बताए ।

पहिला पहिला काठको भाँडा लिएर खर्च साट्न हिँड्ने राउटेहरू अहिले भने सहर बजारमा पसेर सरकारी कार्यालयहरूबाट खर्च उठाउनु आउन थालेका छन् ।

दसैंमा मासु खानका लागि खसी–बोका, कुखुरा,चामल, तेल, दालसँगै आफू,बालबालिका र चेलीबेटीलाई नयाँ कपडा दिनकालागिका लागि पैसा आवश्यक परेको समेत बताए। ‘दसैंका लागि आवश्यक सामग्री किन्ने पैसा छैन, परिवारका सदस्यलाई नयाँ कपडा फेर्नका लागि पनि पैसा छैन’,उनले भने,‘त्यसैले हामी सरकारसँग पैसा उठाउन हिडेका छौँ।’

‘दसै मनाउने पैसा उठाउन म पहिले पनि दाङ आउने गरेको थिए’,उनले भने,‘दाङमा हामी राउँटेलाई सहयोग मिल्ने भएकाले अहिले पनि आएका हौँ, अरु टोली काठमाडौं गएको छ।’

दैलेखको कान्छीबजारको नजिकै जंगलमा बस्दै आएका उनीहरू सुर्खेत हुदैं दाङसम्म आइपुगेको बताए।

शाहीका अनुसार अहिले राउटे समुदाय करिव दुई सयको संख्यामा रहेको छ। फिरन्ते जातीका रुपमा रहेको राउटे समुदाय सुरुका दिनमा पैसा छोए पाप लाग्छ भन्ने मान्यता भए पनि पछिल्लो समय आवश्यक सामग्री जुटाउन पैसा भाग्दै हिड्ने गरेका छन्।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *