
दाङ,भदौ २९ । सल्यान जिल्लाको सिद्ध कुमाख गाउँपालिकाको गाडीमा अज्ञात समुहले आगजनी गरिदिएको छ ।
मध्यरात तिर गाउँपालिकाको कार्यालयमा पार्किङ गरि राखिएको रा १ झ १७० नम्बरको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । आगजनी बाट गाडीमा पूर्णरूपमा क्षति पुगेको छ।
एकजना व्यक्तिले गाडीमा आगजनी गरेको सिसी क्यामेरोको फूटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । फूटेजमा देखिएको ती व्यक्तिको पहिचानमा रातका कारण केही समस्या भएपनि हुलुया अनुसार खोजी तीव्र पारिएको प्रहरीले बताएको छ । व्यक्ति गत रिसिवी साँध्न कुनै व्यक्तिले गरेको हर्कत हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
