Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


दाङमा एक महिनामै डेंगीका १५ बिरामी फेला

तुलसीपुर र घोराहीमा ६-६ जना, बबईमा २ जना फेला



दाङ,भदौ २३ । दाङमा एक महिनाको अवधिमा डेंगीका १५ जना बिरामी फेला परेका छन् । साउन ३२ गतेदेखि भदौ २३ गतेसम्म जिल्लामा ती विरामी फेला परेका हुन ।

घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा समान ६÷६ जना र सबैभन्दा पश्चिमको सुर्खेत र उत्तरमा सल्यानसंग सीमाना जोडिएको बबई गाउँपालिमा २ जना डेंगीका विरामी हालसम्म फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगी रोग नियन्त्रणका फोकल पर्सन कमल चन्दले जानकारी दिए । चन्दका अनुसार एकजना विरामीको भने ठेगाना खुल्न सकेको छैन । उनी विरामी भएपछि एक्लै उपचारको लागि घोराहीको हस्पिटलमा आएको र हाल उपचाररत रहेको हुँदा ठेगाना पत्ता लगाउन मुस्किल परेको चन्दले बताए । फोकल पर्सन चन्दले ती विरामी पनि घोराही उपमहानगरपालिका भित्रकै हुन सक्ने आशंका व्यक्त गरे । दाङका दश स्थानीय तहहरु मध्य हालसम्म तीन वटा स्थानीय तहरुमा मात्रै डेंगीका विरामी फेला परेका छन् ।

यो वर्ष सबैभन्दा पहिलो विरामी घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनामा फेला परेका थिए । स्थानीय २८ बर्षीय एक पुरुषलाई पहिलो पटक जिल्लामा डेंगी देखिएको हो । उनी जिल्लामा रहेका अस्ताल हुँदै राजधानीको मेडिसीटी हस्पिटलको लामो उपचार पछि हप्तादिन अगाडि मात्रै घर फर्किएको जिल्ला जनश्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

डेंगीका विरामी मध्य अधिकाँस उपचार पछि घर फर्किसकेका छन् । ६ जना भने अझैं उपचाररत छन् । हाल १ जनाको काठमान्डौंको टिचिङमा, छिमेकी देश भारतको लखनउमा थप १ जना, दाङको तुलसीपुरमा १ जना र बाँकी ३ जनाको घोराहीका विभिन्न हस्पिटलहरुमा उपचार भइरहेको फोकल पर्सन चन्दले जानकारी दिए ।

पछिल्लो दुई हप्ताको अवधिमा डेंगीका विरामी ह्वात्तै बढेको चन्दले बताए । यो अवधिमा हप्ता दिनमै १० जना नयाँ विरामी थपिएको उनले जानकारी दिए ।

डेंगी रोगका बिरामीहरु खुल्न नचाहने भएका कारण समस्या झनै समस्या भइरहेको चन्दले बताए । तर उनले उपचार पछि घर फर्किएका बिरामीसँग आँफुहरु नियमित सम्पर्कमा रहेको तथा उनीहरुको अवस्था सामन्य बन्दै गएको जानकारी दिए । पछिल्लो पाँच वर्ष यता दाङ लामुखट्टेको टोकाई बाट हुने डेंगीको जोखिममा रहँदै आएको छ । यसअघि दाङ देउखुरीको गोवरडियामा एक जना महिलाको डेंगीका कारण मत्यु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयले २०७२ सालमा डेंगीका कारण ती महिलाको मृत्यु भएको जानकारी दिएको छ । त्यो बाहेक जिल्लामा डेंगीका कारण अन्य कसैको पनि मृत्यु भएको जानकारी कार्यालयको रेकर्डमा नरहेको फोकल पर्सन चन्दले बताए ।
कार्यालयका अनुसार २०७३ सालमा दाङ जिल्लामा ९ जना डेंगीका विरामी फेला परेका थिए भने २०७४ सालमा ८ जना विरामी फेला परेका थिए । त्यस्तै २०७५ सालमा एकजना पनि डेंगीका विरामी जिल्लामा फेला परेको तथ्याङ्क छैन ।

डेंगी रोगवाट जोगिन सबै जिल्ला बासीले आवश्यक सावधानी अपनाउनु सबैभन्दा ठूलो बुद्धिमानी हुने फोकल पर्सन चन्दले बताए । घरको आसपासमा प्लाष्टिक, टुटेफुेटेका भाँडा वर्तन, टायर, बोत्तल, घरको ट्याङ्की जस्ता ठाउँमा जम्मा हुने सफा पानीमा डेंगी रोग सार्ने लामखुट्टेको घर भएको हुँदा त्यस्ता सामाग्री हटाउन चन्दले आग्रह गरे ।

जिल्लामा कार्यालयसँग बजेट नहुँदा नियन्त्रणको लागि कुनै प्रयास गर्न नसकिएको उनले बताए । डेंगी नियन्त्रणको अभियानमा स्थानीय सरकारले अहिले सम्म उल्लेखनिय कुनैपनि क्रियाकलपा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal