२०८३ असोज २९ गते बिहिवार

बर्षौंदेखि ठकुरी समुदायले मनाउँदै आएको लाखे


राजेश खत्री,
दाङ, भदौ ७ । गाइजात्रा नेवारहरूको मौलिक पर्व हो । नेवार समुदायले हरेक वर्ष दिवङ्गत आफन्तको सम्झनामा मृतकको आत्माको शान्तिको कामनार्थ यो जात्रा निकाल्न गर्छन । राजा प्रताप मल्लको पालादेखि यो सांस्कृतिक पर्व सुरु भएको मानिन्छ । तर दाङको तुलसीपुरमा भने हिन्दुधर्मको संरक्षण र मनोरञ्जनको लागि बर्षौंदेखि लाखे नाच अर्थात जात्रा हुँदै आएको छ ।

ठुकरी समुदायको बाहुल्यता रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरामा विगत ४ दशकदेखि निरन्तर लाखे निकाल्दै आइएको र त्यसको प्रमुख कारण मनोरञ्जन र हिन्दु धर्मको संरक्षणको लागि भएको स्थानीय ६० बर्षीय थम्मन चन्दले बताए ।

बेलटाकुरामा हरेक कृष्णजन्माष्टमीका दिन र त्यसको भोलि पल्ट ठूलो मेला लाग्ने गर्दछ । बेलटाकुराको लाखे जिल्लाकै प्रख्यात लाखेको रुपमा चिर परिचित छ । सार्वजनिक स्थानमा कृष्ण जन्मअष्टमीदेखि त्यसको दोस्रो दिन सम्म यहाँ ठूलो मेला लाग्दै आएको स्थानीय घमण्ड मल्लले जानकारी दिए । यस्लाई आगामी दिनमा पनि पर्वको रुपमा मनाउने उनले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *