२०८० चैत्र १६ गते शुक्रवार

सेवा प्रभावकारी बनाउने वारे छलफल


शंकर केसी,
सल्यान, साउन ३१ । कपुरकोट गाउँपालिकामा पारस्पारिक परियोजना अन्तर्गत स्थानीय सभा र साझेदारी मञ्चको बैठक शुक्रबार बस्यो । बैठकमा स्थानीय सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्ने विषयमा छलफल भएको छ । गाउँपालिका अध्यक्ष भिमबहादुर सेनको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य, शिक्षा, कृषि तथा जोखिम ब्यवस्थापन सम्बन्धमा आइपरेका समस्या र समाधानका विषयमा छलफल भएको छ ।

पारदर्शिता, सुशासन र जवाफदेहितालाई ब्यवस्थित बनाउन पारस्परिक जवाफदेहिता परियोजनाले भुमिका खेलेको भन्दे अध्यक्ष सेनले प्रसंशा गरेका थिए । गाउँपालिकाले अपांगता परिचयपत्र वितरण,छात्रा विश्राम कक्षलाई निरन्तरता दिएको र कृषकले भोग्दै आएको समस्या समाधानमा पहल गरेको बारेमा पनि छलफल भए ।

यस्तै कृषक परिचयपत्र वितरण गर्ने, कृषि उपज बजार केन्द्रमा डिजिटल सुचना पाटी राख्ने, पशु विमाको प्रक्रिया अगाडी बढाउने जस्ता कुराहरुमा पनि छलफल भएको छ ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस
  1. Maan singh Dangi says:

    Namaskar

Leave a Reply

Your email address will not be published. Required fields are marked *