२०८३ असोज ११ गते आइतवार

पहिरोमा परि चार जनाको मृत्यु

दाङ, असोज ११ ।
बागलुङमा पहिरोमा परि एकै घर परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको निसीखोला गाउँपालिका – ३ मा अबिरल बर्षा पछि झरेको पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
घरमाथिबाट झरेको पहिरोले घर पुर्दा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षीय मनोज विक, ९ बर्षीय मुकेश विक र ५ बर्षीय निसन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरका अनुसार आइतबार बिहान करिब ५ बजेको समयमा घर माथिबाट झरेको पहिरोले बिक परिवारको घर पूर्ण रुपमा नष्ट भएको थियो ।

पहिरोले स्थानीय जंगबहादुर खड्काको बाख्राको खोर नष्ट भएको छ । पहिरोका कारण खड्काले बाख्रा खोरमा पालेका २५ वटा खसी बाख्रा मध्य ८ वटा पहिरोमा परी बेपत्ता भएका छन् ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *