२०८३ असोज १० गते शनिवार

पहिरोमा परि भाइको मृत्यु, दाजु घाइते

दाङ, असोज १० ।


डोल्पामा गोठमाथि बाट झरेको पहिरो परि भाइको मृत्यु भएको छ । उनका दाजु भने सामान्ने भाइते छन् ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१, खलवलगाडाका ३३ वर्षीय मनरुप केसीको माथि बाट झरेको पहिरो संगै आएको ढुँगाले टाउको र छातिमा लागेर मृत्यु भएको हो । उनका दाजु ३८ वर्षीय चन्द्ररूप केसी भने सामान्ने घाइते छन् ।


डोल्पाका प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीका अनुसार दाजु भाइ त्रिपाल बाट निर्मित गोठमा संगै सुतेका थिए । अबिलर बर्षा संगै राति १० बजेतिर माथि बाट झरेको पहिरो संगै ढुँगाले दाजु भाइलाई लागेको थियो ।
पहिरो संगै झरेको ढुंगाले भाइको टाउको र छातिमा लाग्दा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते मनरुपलाई उपचारका लागि राति नै अस्पताल तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
उनका दाजु चन्ँद्ररुपको ढाडमा ढुँगाले लागेको भएपनि अवस्था सामान्ने रहेको तथा उनी घरमै आराम गरि रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *