
दाङ, साउन २ ।
डडेलधुरामा भएको जिप दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परी दार्चुलाको अपिहिमाल गाउँपालिका –१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउँकी अन्दाजी २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको डडेल्धुराका प्रबक्ता प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।
दुर्घटनामा परि दार्चुलाको मार्मा गाउँपालिकाका – ३ का ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीया सरस्वती लोथ्याल र जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का २० बर्षीय अमृत घरेडी रहेका छन् ।
चालकको अवस्था सामान्ने रहेको तथा अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
धनगढी बाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जिप शनिबार बिहान करिब २ बजेतिर डडेल्धुराको अमरगडी नगरपालिका –७ खस्र्याखानमा दुर्घटनामा परेको थियो ।
भीमदत्त राजमार्ग अन्तरगत पर्ने उक्त स्थानबाट जिप करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुली सकेको छैन ।
