२०८३ असार २५ गते बिहिवार

५ हजार ७० नमुना परीक्षण गर्दा साढे ६ सय ५० जनामा सिकलसेलको लक्षण फेला

तुलसीपुर, असार २५ ।
पाँच हजार ७० जनाको नमुना परीक्षण गर्दा ६ सय ५० जनामा सिकलसेल एनेमियाका लक्षण फेला परेको छ ।
दंगीशरण, तुलसीपुर र घोराहीका केही ठाउँमा गरिएको नमुना परीक्षण त्यो संख्यामा सिकेलसेलका बिरामी फेला परेका हनु ।
तुलसीपुर मानपुरको दीपेन्द्र माध्यमिक विद्यालयबाट तीन सय १९ जना, दंगीशरण गाउँपालिकाको स्वास्थ्य चौकीमा चार सय ३२ जना, प्रतिष्ठानमा आएका मध्य तीन सय तीन जना, सिद्धरत्ननाथ नमुना माध्यमिक विद्यालय नारायणपुर बाट एक हजार पाँच सय २७ जना, माध्यमिक विद्यालय सौँडियारबाट सात सय ५१ जना, कोठरी स्वास्थ्य चौकीबाट चार सय ९८ जना, राप्ती आधारभूत अस्पताल सिसहनिया बाट पाँच सय ६३ जना, स्वास्थ्य चौकी झिङ्नी र माध्यमिक विद्यालय झिङ्नीबाट दुई सय ७७ जनाको नमुना शंकलन गरी परीक्षण गरिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन शाखाका अनुसार जिल्लाका ती विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरहरुमा पाँच हजार ७० जनाको नमुना शंकलन गर्दा ६ सय ५० जनामा सिकलसेल एनेमियाको लक्षण फेला परेको हो ।

प्रतिष्ठानकी प्याथोलोजिष्ट डा.जेनिस छत्कुलीले सिकलसेल एनेमिया स्क्रिनिङ कार्यक्रममा परीक्षण गरिएकाहरुमा असामान्य हेमोग्लोबिन भेटिएको जानकारी दिइन ।
नमुना परीक्षणबाट सिकलसेल र थालसेमियाको जोखिम देखिएको उनले बताइन । तीन हजार एक सय ६१ जना महिला र एक हजार नौ सय नौ जना पुरुष गरी पाँच हजार ७० जनामा परीक्षण गर्दा चार हजार चार सय २० जनामा हेमोग्लोबिन सामान्य देखिएको र छ सय ५० जनामा विभिन्न प्रकारका असामान्य हेमोग्लोबिन देखिएको उनले बताइन ।

परीक्षण गरिएका ३३ जनामा सिकलसेल डिजिट, तीन सय ४७ जनामा सिकलसेल ट्रेट, तीन जनामा बिटा थालसेमिया मेजर, एक सय ५७ जनामा बिटा थालसेमिया ट्रेट, ५९ जनामा सिकलसेल बिटा थालासेमिया ट्रेट र ५१ जनामा अन्य प्रकारका हेमोग्लोबिन भेरियन्ट फेला परेको उनले बताइन ।
स्वास्थ्यकर्मीले सिकलसेल र थालासेमिया वंशाणुगत रगत सम्बन्धी रोग भएकाले समयमै परीक्षण, परामर्श र जनचेतना आवश्यक पर्छ ।
विवाह पूर्व तथा सन्तान योजना अघि परीक्षण गर्न सके नयाँ पुस्तामा रोगको जोखिम घटाउन सकिने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *