२०८२ मङ्सिर २४ गते बुधवार

योग गुरु रामदेबलाई दाङ ल्याउने प्रयास गर्छौं – मेयर पाण्डे

शरद रेग्मी,
दाङ,साउन १२ । तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले योग गुरु रामदेवलाई दाङ ल्याउने प्रयास भइरहेको बताएका छन् ।

आईतबार पतन्जली योग रोग निवारण केन्द्र पार्टी प्यालेस तुलसीपुरले आयोजना गरेको सामुहिक योग शिबिरको शुभारम्भ गर्दै पाण्डेले तुलसीपुर र सिङगो दाङ जिल्लालाई योगमय बनाउन योग गुरु रामदेवलाई निम्त्याउन कसरत भइरहेको बताएका हुन । ‘अझ धेरै जनमानसमा योगको उत्साह जगाउन योग गुरु रामदेब बाबालाई तुलसीपुर ल्याउन हामीले प्रयास सुरु गरेका छौं,’ मेयर पाण्डेले भने ।

उनले सस्थागतरुपमा हरिद्वार पुगेर पहिलो चरणको बैठक बस्ने मिति तय भएको जानकारी दिए । संस्थागत रुपमा पार्टी प्यालेस सेन्टरलाई जग्गा समेत उपलब्ध गराई सकेको हुँदा अब द्रुत गतिमा भवन निर्माणको कामको थालनी हुने मेयर पाण्डेले बताए । गुरु रामदेवले योग हलको उदघाटन गर्ने मेयर पाण्डेले बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ का प्रभारी योग गुरु प्रेम शाहले ब्यायम , प्रणाम र ध्यानले जीवनलाई स्वास्थ बनाउन मदत पुग्ने धारणा राखे । ‘मानिसको ब्यस्त दैनिकीलाई तनाबमुक्त गर्न निरन्तर योग , साधना, सन्तोष र सकारात्मक सोचले मात्रै सम्भव छ,’ शाहले भने ।

तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर केसीले सकारात्मक र सामाजिक क्षेत्रमा हातेमालो गर्दे अगाडि बढ्नु पर्ने धारणा राखे । केन्द्रमा प्रशिक्षकहरुमा बामदेब धिताल , डाक्टर अरुण श्रेष्ठ , जिल्ला उपाध्यक्ष शिबकुमार शर्मा लगाायतकाले योग सिकाउँदै आएका छन् । सेन्टरमा योग हल निर्माण गर्न लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसीलाई सयोजकको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *