२०८३ असार २१ गते आइतवार

शारदामा डुबेर एक महिलाको मृत्यु

दाङ, असार २१ ।

सल्यानमा शारदा नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ ।
कालिमाटी गाउँपालिका –४ ज्यामिरेकी ४६ वर्षीया सिता विकको शनिबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
धान रोपाइँको काम सकेपछि उनी एक्लै नदीमा नुहाउन भनेर गएकी थिइन ।
लामो समयसम्म घर नफर्किएपछि १७ वर्षीया छोरी रुपा सुनार खोज्न जाँदा उनी नदीमा घोप्टो परेको अवस्थामा फेला परेकी थिइन ।
इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मनोजसिंह बोहराको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर शबको मुचुल्का गरि अस्पताल पठाएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देबराज भट्टराईका अनुसार शब पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण भन्न सजिलो हुने बताए ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *