धिरज शेर्पाली
(प्रथम) संविधान र ब्यवस्थामा केहि विषय थपदैमा समाजवादी भइ हाल्छ भन्ने हैन ।तर समाजवाद उन्मुख अवस्य हुन्छ ।लोकतन्त्र भनेको समाजवादमा पुग्ने बाटो हो भने समाजवाद उच्च स्तरको लोकतन्त्र हो।यी दुई दार्शनिक प्रबर्ग बिना दुनियाँ बुझ्न् र बदल्न सकिन्न ।
हिजोको जस्तो एकल रेखात्मक दार्शनिक प्रबर्ग हैन बरु बहु रेखात्मक दार्शनिक प्रवर्गको बाटो बाट चौथो औद्योगिक क्रान्तिको नेतृत्व गर्ने पार्टी विधान बनाउ र साथै स्वतन्त्रता ,समान्ता र मानवता सहितको तिनै प्रवर्गिय गुण भएको एकाइऔ शताब्दीको नेतृत्व गर्ने विचारधारा सश्लेषण गरौं ।
यस्मा टेकेर नयाँ ढङको समाजवादी शक्तिको नेतृत्वमा विभिन्न चरण हुन्दै पुरानो एकदलीय शास्त्रीय ढाचाको होइन प्रतिस्परर्धि र सहकार्यको ढाचाको समुन्नत समाजवादी प्रणालीमा पुरयाउन सकिन्छ भन्ने जस्लाइ हामी doctrine of Redical transfarmation अर्थात ( क्रातिकारी रुपान्तरणको सिद्धान्त भन्न सकिन्छ ।
( दोस्रो) त्यसको निम्ति पहिलो सर्त ,यहाँ प्रस्ताव गरिएको जस्तो नयाँ समाजवादी बैकल्पिक राजनीतिक शक्ति बन्नु पर्छ र त्यो स्थिर ढंगले सत्ता संचालन गर्ने स्थानमा पुग्नुपर्छ ।त्यस्ले निश्चित अवधि सम्म इमानदारीपुर्वक संविधान कार्यन्वयन गर्दै समाजिक – आर्थिक स्तर र जनताको उच्च चेतना निश्चित तह सम्म उठाउनु पर्छ ।
(तेस्रो)उन्नत तहको चेतना उठेका जनताको नेतृत्वमा बहुसंख्यक उत्पीडित वर्ग ,जाति लिङ्ग र जनसमुदायको सहभागितामा बिशाल आन्दोलन उठ्नु पर्छ ।सडक ,सदन र सरकारको सयुक्त बलमा यो संविधानलाई संशोधन गरेर वा पुनलेखन गरेर अझै समृद समाजवाद उन्मुख बनाउनु पर्छ ।
(चौथो) यो चक्र पटक -पटक दोहरायर समाजको आर्थिक – समाजिक स्तर उठाउने र संविधान र ब्यवस्थालाई समुन्नत समाजवादमा रुपान्तरण गर्ने र आवस्यक परे आम जनबिद्रोहको बलमा नयाँ समाजवादी व्यवस्था स्थापना गर्ने बाटो सम्भब र उपयुक्त हुन सक्छ ।
(पाचौं )अर्थात हिजोको क्रान्ति वा सुधार भन्दा फरक वा विकसित सुधार वा क्रान्तिको समायोजनसहितको क्रान्तिकारी रुपान्तरण अर्थात (radical transformation )को बाटोबाट एकाइसौ शताब्दीको समाजवादी क्रान्तिको बाटो हुनसक्छ ।
(छैटौं ) चौथो औद्योगिक क्रान्तिको मार्गद्वारा नागरिक स्वतन्त्र ,शुखी र खुशी हुने छ्न ।युवाहरू बिदेश पलायनको समस्याको अन्त्य हुने छ। बेरोजगार र गरिबिताको ,रोग भोग, अभावबाट नागरिक मुक्त हुने छ्न र धनी र गरिब बीचको खाडलको अन्त्य हुने छ र श्रम होइन बस्तु र सेवा निर्यात गरि निरन्तर दुई अन्कको आर्थिक वृद्धिदर हासिल हुने छ।अब पहिलो औद्योगिक क्रान्ति क्रमश दोस्रो ,तेस्रो र चौथो औद्योगिक क्रान्ति सम्पन्न गर्ने रणनीति अंगिकार गर्न आवस्यक छ।
तीब्र वा भ्यागुतो जस्तै उफ्रेने आर्थिक बिकासको रणनीतिक बाटो लिन सक्नु पर्छ ।चौथो औद्योगिक क्रान्तिकोबाटो गतिशील सन्तुलनमा आधारित हुने छ,सन्सारमा भएका हरेक अस्तित्वहरु शुक्षम र स्थुल रूपमा गतिमा हुन्छन ।गतिशील सन्तुलन भनेको अग्रगामी कार्यदिशालाई अनुमोदन गर्ने दार्शनिक नियम हो।यस्लाइ द्वन्द्वको नयाँ नियम सरह मान्न सकिन्छ ।
जस्ले यो गतिको नियमलाइअस्विकार गर्दछ कुनै खास बिन्दुमा बिना गति टिकिरहन सकिन भन्ने मान्यता राख्दछ त्यो यथास्थितिवादी दार्शनिक प्रवर्गको सिकार हुन पुग्दछ। र यसको ज्वलन्त उदाहरण एमाले पार्टी लिन सकिन ।
लेखक माओवादी केन्द्रका नेता हुन