- बिशाल गुप्ता
उठाएर ठेला कुनै पल तिमीले
बेचेरै खायौं सबै फल तिमीले
समस्याको गर्यौ सबै हल तिमिले ?
उठाएर ठेला कुनै पल तिमिले
अन्योलमा पारेर गर्यौ छल तिमिले
निर्धालाई मारेर देखायौ बल तिमिले
दुखीको आखाबाट निकाल्यौ भल तिमिले
उठाएर ठेला कुनै पल तिमिले
दुई शब्द के बोल्यौ गर्यै हलचल तिमिले
ठेला उठाउन लगायौ हरपल तिमिले
अध्यारोमा पार्यौ फसायौ पलपल तिमिले
गरिब मार्न बनायौ दलबल तिमिले
प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार