२०८१ असोज २९ गते मङ्गलवार

भिखारीको मौन दृश्य

विशाल गुप्ता ,
देखेको छु अनि भोगेको पनि छु झगडाको मौन दृश्य
नखरा लाग्छ सबै सबै बदलिन्छ क्षणमै परिदृश्य
यहाँ दोष एउटाको होइन बुझाइ गलत छ समाजको
चारो चोरेको देखिदैन परेवाको गल्ति देखिन्छ बाजको ।।

सत्यलाई हराउन होइन जोगाउन गाह्रो छ
जलेको जंगल देख्छन् सबैसबै आँसु लुकाउन गाह्रो छ
सपना देख्नेहरु गर्छन् सौदावाजी थरिथरि
टुट्दैछन् मनहरु अनि फुट्दैछन् शिशासरी ।।

हरेस नखाए ज्यून सक्छ मान्छे आफ्नै आँखा अगाडि
सम्हाल्न गाह्रो छ मन बनिदिन्छ दुराचारी

होहल्ला छ चारैतिर विछिप्त बन्दैछ मन
सल्किदैछ आगो छट्पटीको जल्दैछ तनवदन
लुट्नेहरु अघि बढे जुट्ने किनारा लाग्दा
विरवहादुरको देशमा कोही छैन ज्यूँदा जाग्दा ।।

धनी छ रे देश जल, जमिन र जडिबुटीमा तैपनि छ त्रासमा
नछोड्ने भए कठै कठै चलखेल गदैछन् व्यापारीले मरेका लाशमा ।।

देख्ने दुनिया देखियो राशलीला रक्षक नै शिकारी देखियो
खोज्दै जाँदा युगान्तकारी पत्याउनै गाह्रो भिकारी देखियो ।।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *