२०८१ माघ ९ गते बुधवार

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

२ खेल खेल्नु अघि नै स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको हो ।

पहिलो हाफ बराबरी खेलेको बार्सिलोनाका लागि खेलको ८३ औ मिनेटमा ओलिविराले गोल गर्दै अग्रता दिलाएका थिए । तर बार्सिलोनाले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो । इन्टर मिलानका लागि खेलको ८७औं मिनेटतमा इकार्डीले गोल गर्दै बराबरी दिलाएका थिए ।

समूह बी मा रहेको बार्सिलोना अपराजित रहेको छ भने ४ खेलबाट १० अंक बनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *