२०८१ कार्तिक २९ गते बिहिवार

अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

बबई ए र अमर माबिको बिजयी सुरुवात



लक्ष्मण बस्नेत ,तुलसीपुर,कार्तिक ११। दाङ तुलसीपुरको उरहरीमा शनिबारदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न ११ को आयोजनामा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले खेल पुर्वाधार बिकास बिना सिङ्गो खेल क्षेत्रको बिकासको परिकल्पना गर्न नसकिने बताए ।

खेलकुद क्षेत्रको बिकासको पहिलो आधार स्तम्भ भौतिक पुर्वाधार निर्माण हो तर राज्यका संघिय,प्रदेश र स्थानीय गरि तिनै तहका सरकार यसतर्फ गम्भीर नभएको उनले बताए ।

“खेलकुद राष्ट्रको गौरव र पहिचान स्थापित गर्ने एक मात्र दरिलो माध्यम पनि हो यसको यथोचित बिकासमा राज्यको चासो र चिन्तन हुन नितान्त आवश्यक छ,- उनले भने ।”
साथै देशको विकास, अनुशासन र गतिशिलतालाई संग संगै लैजान सक्ने सामर्थ्य खेलकुदमा मात्र भएको उनको भनाई छ ।

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले मौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले उत्तम तुलसिपुर लाई खेलकुद हवको रुपमा बिकास गर्न आफू लागि पर्ने बताए ।

साथै अनुशासनको उच्च आदर्शलाई आत्मसात पालना गरेर खेल खेल्न सबै खेलाडी लाई आग्रह गरे ।

तुलसीपुर उपमहानगरपालिका वडा न ११ का अध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न १८ का अध्यक्ष माधव वलि,अमर माबी उरहरीका प्रधानअध्यापक पदम बहादुर वलि,नेपाली काग्रेस तुलसीपुर ११ का सभापति हेमराज वलि,नेकपा एमाले वडा न ११ अध्यक्ष भागिराम चौधरी,एकीकृत माओबादिका बेद बोहरा लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

वडा सदस्य यज्ञ बहादुर बस्नेत स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सचिब पदम भण्डारीले गरेका थिए ।

यसैबिच प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलमा बबई फुटबल टिम र अमर माबी उरहरी फुटबल टिम बिजयी भएका छन ।

बबईले उद्घाटन खेलमा नवलपुर फुटबल टिम लाई सुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

त्यस्तै अमर माबी उरहरिले बबई फुटबल टिम बि लाई सुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तरगत भोलि सोमबार बिहान मोतिपुर फुटबल टिम र उरहरी फुटबल टिम बिच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा बेल्टाकुरा ए र बेल्टाकुरा बि भिड्नेछन् ।

स्थानिय स्तरमा फुटबल खेलको बिकास र बिस्तार गर्न आयोजित प्रतियोगिताको बिजेता टिम ले नगद ४० हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर र बेष्ट किप्पर लाई ट्रफी प्रदान गरिने वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।
पाँच दिन सम्म चल्ने प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *