२०८१ बैशाख ६ गते बिहिवार

पिपिएल : विराटनगर टाइटन्सको पहिलो जित

पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले पहिलो जित हासिल गरेको छ।

विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्स बिरुद्ध १२ रनले जित निकालेको हो । विराटनगर टाइटन्सले दिएको १ सय ४१ रनको लक्ष्य बुटवल ब्लास्टर्सले सबै ओभर गुमाउदै ८ विकेटमा १२९ रन मात्र बनाउन सक्यो ।

बुटवल ब्लास्टर्सको यो पहिलो हार हो भने हार संगै पीपीएलमा चार अंकका साथ शीर्ष स्थानमा छ। आजै भएको पहिलो खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित हात पारेको छ ।

यो प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ भने प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
प्रतियोगिता विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २०७५ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *