२०७७ कार्तिक १५ गते शनिवार

सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु

सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा आजबाट सुरु हुने लिगको पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुदैछ ।

पहिलो पटक सर्वाधिक पुरस्कार राशिको क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा (पीपीएल) क्रिकेट आयोजना सुरु गर्न लागेको हो । प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ, प्रतियोगितामा ६ टिमको सहभागिता रहेका छन् । विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज टिम प्रतियोगिता मा सहभागी भएका छन ।

विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २०७५ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *