२०८१ बैशाख ७ गते शुक्रवार

पाकिस्तानले अस्ट्रेलियालाई ६६ रनले हरायो

टि-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा बुधबार राति सम्पन्न भएको पहिलो खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ६६ रनले पराजित गरेको छ । पाकिस्तानले चमत्कारीपूर्ण प्रदर्शन गर्दै आफ्नो जित निकालेको हो ।

पाकिस्तानले दिएको १५६ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १६.५ ओभरमा नै सबै विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो भने अष्ट्रेलियाका ३ जना खेलाडीले दोहोरो अंक बटुले भने बाँकी खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन् ।

अष्ट्रेलियाका नाथन काउल्टर नाइलले ३४, एस्टोन एगरले १९ र क्रिस लिनले १४ रन बनाए पनि अन्य खेलाडी सस्तैमा समेटिए ।

अबुधावीस्थित शिख जायद रंगशालामा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले ६८ र मोहम्मद हफिजले ३९ रन बनाएका थिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *