च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजीले नापोलीसँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा पिएसजी टिम २–१ ले पछाडि रहेको अवस्थामा डि मारियाले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका हुन् ।
एन्जल डि मारियाले इन्जुरी टाइममा गोल गर्दै च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको हार बाट बचाएका छन् ।
पेरिसमा भएको खेलमा नापोलीले २९ औं मिनेटमा लोरेन्जो इन्सिन्याको गोलबाट अग्रता लिएको थियो ।
६१ औं मिनेटमा मारियो रुइले आत्मघाती गोल गर्दा पीएसजीलाई फाइदा भयो । थोमस मुनिसको प्रहार उनका ठोक्किएर गोलमा परिणत भएको थियो ।
तर, ७७ औं मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई २–१ को अग्रता दिलाएका थिए ।
अर्को खेलमा मोनाकोले क्लब बर्गसँग १–१ को बराबरी खेलेको छ । यसले मोनाकोका नवनियुक्त प्रशिक्षक थिएरी हेनरीलाई पहिलो जितका लागि अझै पर्खनु पर्नेछ ।
प्रकाशित मिति : २०७५ कार्तिक ८ गते बिहिवार