२०८३ कार्तिक ९ गते आइतवार

टेवल टेनिस, ह्याण्डबल र कराँते खेलाडी छानिए

लक्ष्मण बस्नेत
तुलसीपुर, २२ मंसिर । वृहत आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि टेवल टेनिस, ह्याण्ड बल र कराँते खेलको जिल्ला स्तरीय खेलाडी छनोट सम्पन्न गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खेल सम्बद्ध संघहरुको समन्वयमा सञ्चालित छनोट प्रतियोगिता अन्तर्गत टेवल टेनिस खेलको शनिबार सम्पन्न खेलको ओमन सिंगलतर्फ रोशनी अधिकारी, पवित्रा खनाल, अस्मिता बुढा, हरिकला भण्डारी र सोफिया शाही जिल्ला छनोटमा पर्न सफल भएका छन् । त्यस्तै मेन सिंगलतर्फ एन्जल चन्द, रोषण अधिकारी, धरम पुन, उमेश श्रेष्ठ, देवराज नेपाली जिल्ला छनोट भए ।

यसैबीच ह्याण्डबल पुरुषतर्फ पोषण सेन्चुरी, विपिन श्रेष्ठ, सन्तोष लामिछाने, लिला थापा, सुरेश चौधरी, आकाश केसी, रविन वली, रोहित वली, प्रकाश वुढा, मदन भुसाल, सुनिल नेपाली, सञ्जय गुप्ता जिल्ला छनोटमा पर्न सफल भए । त्यस्तै महिलातर्फ अञ्जना मल्ल, हिमाल रोका, कमला डाँगी, मिना ठकुरी, मनिषा रोका, युवकला रोका, प्रेमा विक, सविता चौधरी, सम्झना चौधरी, लिला विक, आशा कुमाल, कविता सुनार र बैकल्पीक खेलाडीमा गीता वली, सिता मल्ल छनोट भए ।

त्यस्तै कराँतेतर्फको महिला ४५ केजीमा विमला चौधरी, ५० केजीमा निशाना रोकामगर, ५५ केजीमा सिमा पुन मगर, ६१ केजीमा क्रिजिना पुन मगर, ६८ केजीमा रिता थापा, ६८ केजी प्लसमा मनिषा सेन, महिला एकल कातामा कृति चौधरी छनोटमा परेका छन् ।
त्यस्तै पुरुष ५० केजीमा विगन पुन, ५५ केजीमा यमेशन चौधरी, ६० केजीमा रनम घर्तीमगर, ६७ केजीमा अर्जुन कुमार बाघचन्द, ७५ केजीमा कृष्ण विष्ट, ८४ केजीमा आश कुमार घर्तीमगर र ८४ केजी प्लसमा हरिबहादुर घर्ती जिल्ला छनोटमा पर्न सफल भए । जिल्ला छनोटमा परेका टिम तथा खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नम्बर ५ स्तरीय छनोट प्रतियोगितामा कडा प्रतिस्पर्धा गर्ने टेवल टेनिस सहायक प्रशिक्षक केशवप्रसाद श्रेष्ठले जानकारी दिए ।

यसैबीच शनिबार सम्पन्न जिल्ला स्तरीय टेवल टेनिस छनोट प्रतियोगिता जिल्ला खेलकुद विकास समितिकी सदस्य टेबल टेनिस खेल संयोजक मिना गुरुङको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको थियो । दाङ जिल्ला टेवल टेनिस संघका वरिष्ठ उपाध्यक्ष बालकृष्ण शाहको स्वागत रहेको कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथि डिल्ली बहादुर डाँगी, विशिष्ठ अतिथि दाङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष सिताराम शर्मा, जिल्ला खेलकुद विकास समिति सदस्य सीता चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *