२०८१ चैत्र १४ गते बिहिवार

आठौँ राष्ट्रिय खेलकुद लागि बक्सिङ खेलाडी छनौट

लक्ष्मण बस्नेत
दाङ,  मसिर २१ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि दाङ जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया जारी रहेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा खेल सम्बद्ध संघको समन्वयमा सञ्चालित छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न बक्सिङतर्फ ४९ केजी तौल समूहमा पदम शाही, ५२ केजी तौल समूहमा प्रेम चौधरी, ५६ केजी तौल समूहमा चन्द्र ज्योति थापा, ६० केजीमा गणेश थापा मगर, ६४ कर्फमा अनिल पुन मगर, ६९ केजीमा विकास राना, ७५ केजीमा गणेश सुनार र ८१ केजी तौल समूहमा केशर खत्री जिल्ला छनोटमा परेका दाङ जिल्ला बक्सिङ संघका अध्यक्ष राजु थापाले जानकारी दिए ।

यसैबीच छनोट प्रतियोगिताको उद्घाटन समारोह जिल्ला खेलकुद विकास समितिका सदस्य कुमारी सावित्रा गुरुङको अध्यक्षता तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवं पूर्व बक्सिङ प्रशिक्षक जोग बहादुर रानाको प्रमुख आतिथ्यमा भएको थियो ।

उक्त अवसरमा छनोटमा परेका खेलाडी तथा दाङ जिल्लाको बक्सिङको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने बक्सिङका पूर्व राष्ट्रिय खेलाडी, राष्ट्रिय रेफ्री, खेलप्रेमी, सहयोगी रेफ्रीलगायतलाई सम्मान गरिएको थियो ।

अल्फा ट्रेनिङ सेन्टर घोराहीलाई दुई सेट बक्सिङ ग्लोव सहयोग प्रदान गरिएको थियो । पूर्व राष्ट्रिय खेलाडी हरि सुनुवारको स्वागत रहेको कार्यक्रमको सञ्चालन बक्सिङ संघ दाङका प्रेस सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *