२०८१ फाल्गुन ६ गते मङ्गलवार

बार्सिलोना कोपा डेल रेको प्रिक्वाटरफाइनलमा

२० मंसिर । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले कल्चरल लियोनेसालाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

खेलको सुरुवाती समयदेखि नै बल नियन्त्रणमा लिएको बार्सिलोनाले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । म्युनिर इल हडडीले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको २६औं र ७०औं मिनेटमा डेनिस स्वारेजल गोल गर्दा अर्को गोल बार्सिलोनाका लागि मेल्कम स्ट्रकले गरेका थिए । यता, लियोनेसाका लागि भने सेनेले गोल फर्काएका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *