२०७७ मङ्सिर १४ गते आइतवार

 युभेन्टसको जितमा रोनाल्डो र मारियोको गोल

९ मंसिर । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टसले स्पाललाई पराजित गरेको छ ।

शनिबार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा स्पालजाई २-० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्ड्जुकिकले गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको २९औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ६० औं मिनेटमा मारियोले गोल गर्दै युभेन्टसलाई २-० गोलको जित दिलाएका हुन् ।

जितपछि १३ खेलबाट युभेन्टसले ३७ अंक बनाएको छ । पराजित स्पालको भने १३ खेलबाट १३ नै अंक रहेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *