लगातार दोस्रो खेलमा जित हात पार्न असफल भएसँगै रियल म्याड्रिडले लालिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
गत बुधबार सेभियासँग ३–०ले पराजित भएको रियल शनिबार राति भएको आफ्नै शहरी प्रतिद्धन्द्धी टोली एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ।
शनिबार राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओसँग १–१ बराबरीमा रोकिएको बार्सिलोनाले रियलले जित हात पार्न नसकेपछि शीर्षमा छ।
गेरार्थ बेलले गरेको भली पोस्टको नजिकैबाट बाहिरिर्याएको थियो। तर, चोटका कारण उनले पहिलो हाफमै मैदान छाडेका थिए।
एथ्लेट्किोका लागि पनि एन्टिनियो ग्रिजम्यानले राम्रो मौका पाएपनि उनको सट रियलका गोलकिपर थिवाउट कार्टिसले रोकेका थिए।
तीनवटै टोलीले सात खेल खेलिसक्दा बार्सिलोना १४ अंकका साथ लिगको शीर्षमा छ भने त्यति नै अंक भएपनि गोलअन्तरले पछि पार्दै रियल दोस्रो स्थानमा छ। एथ्लेटिको भने समान खेलमा १२ अंकका साथ चौथो स्थानमा छ। बार्सिलोनासँग बराबरी खेलेको सेभिया १३ अंकका साथ तेस्रो स्थानमा छ। एजेन्सी