२०८२ असार २७ गते शनिवार

रोट्रयाक्टले जित्यो कर्पोरेट फूटसलको उपाधी

लक्ष्मण बस्नेत, तुलसीपुर,२७ पुस । तुलसीपुरमा संचालित स्काई वर्थ कप कर्पोरेट फूटसल प्रतियोगिताको उपाधी रोट्रयाक्ट क्लब अफ तुलसिपुरले जितेको छ ।

\
फाईनलमा तुलसीपुर नगर जेसिजलाई २ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै आयोजक रोट्रयाक्टले उपाधी जितेको हो ।

खेलमा रोट्रयाक्ट क्लबका हेमराज बस्नेत एक्लैले २ गोल गरेका थिए भने सन्दिप बिक्रम राणा र इनुप भण्डारीले टिमका लागि थप १÷१ गोल थपेर चार गोल पुर्याएका थिए ।

जेसिजको लागि मोहन सुनार र भानुबिक्रम राणाले समान १÷१ गोल गरे । उपाधी संगै रोट्रयाक्टले नगद २० हजार,कप,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । द्धतिय भएको जेसिजको टिमले नगद १० हजार,कप,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको आयोजक रोट्रयाक्ट आफै थियो । तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो । खेलमा अम्पाएरको भुमिका एन्फाका रेफ्री सुरेन्द्र चौधरी र आदेश केसीले निर्वाह गरेका थिए ।
प्रतियोगिताको समान समारोह क्लबका अध्यक्ष नविन राईको अध्यक्षता तथा रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष देबबहादुर केसीको प्रमुख आतिथ्यमा भएको हो ।

प्रतियोगितामा प्लेयर अफ टुर्नामेन्ट कमर्सियल बैंक टिमका युद्धजंग शाह र बेष्ट स्कोरर रोट्रयाक्ट क्लबका हेमराज बस्नेतलाई छुट्टै पुरस्कृत गरिएको थियो ।

 

 

 

प्रकाशित मिति : २०७६ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *