२०७७ कार्तिक १४ गते शुक्रवार

पाकिस्तान टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

पाकिस्तान टी–ट्वान्टी क्रिकेटको बरियतामा शीर्ष स्थानमा कायमै रहेको छ ।

सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले  सार्वजनिक गरेको बरियतामा पाकिस्तान शीर्ष स्थानमा कायमै रहन सफल भएको हो ।

पाकिस्तानले आफ्नो पछिल्लो ३६ खेलबाट ४ हजार ९७९ अंक र १३८ रेटिङ प्राप्त गर्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।

आईसीसीले सार्बजनिक गरेको टी–ट्वान्टी बरियतामा भारत भने दोश्रो स्थानमा रहेको छ ।  भारतले आफ्नो ४० खेलबाट ५ हजार ६४ अंक प्राप्त गर्दा उसको १२७ रेटिङ गरेको छ । तेस्रो स्थानमा अष्ट्रेलिया रहँदा चौथो स्थानमा इंग्ल्यान्ड, पाँचौंमा न्युजिल्यान्ड र छैटौंमा दक्षिण अफ्रिका छन् ।

आईसीसी बरियताको सातौं स्थानमा वेष्ट इन्डिज रहँदा आठौं स्थानमा भने अफगानिस्तान छ । अफगानिस्तानले श्रीलंका, बंगलादेश र जिम्बाब्वेजस्ता टेष्ट नेशन राष्ट्रलाई पछि पारेको छ । श्रीलंका नवौं, बंगलादेश १० औं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *