
विदेशी भूमिमा उज्यालो भविष्यको सपना बोकेर अमेरिका आएका २८ वर्षीय कृष्ण घिमिरे अहिले जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छ्न । नेपाल को दाङ तुलसीपुर उपमहानगरपालिका–१८, विजौरी निवासी कृष्ण हाल टेक्सासको अस्टिन शहरमा श्रमजीवी जीवन बिताइरहेका थिए । अप्रिल १२ को राति १० बजे काम सकेर घर फर्कंदै गर्दा उनको आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेका हुन ।
गम्भीर घाइते अवस्थामा उनलाइ तत्कालै डेल सेटन मेडिकल सेन्टरमा भर्ना गरिएको हो, जहाँ उनि अहिले पनि अचेत अवस्थामा उपचाररत छ्न । टाउको, छाती र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ, र डाक्टरहरूका अनुसार उनको अवस्था अझै पनि नाजुक रहेको छ ।
दुःखद पक्ष के छ भने — कृष्णसँग स्वास्थ्य बीमा छैन । अर्कोतर्फ, उनका बुबा राजु घिमिरे र आमा कमला घिमिरे नेपालमै हुनुहुन्छ, र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिन भइरहेको छ । एकमात्र छोरा जीवन संकटमा हुँदा परिवार पिडामा रहेको छ । यस पीडादायी अवस्थाले नेपाली समुदायलाई गहिरो रूपमा छुँदै आएको छ । यही सन्दर्भमा राप्ती सेवा समाज न्यूयोर्कका अध्यक्ष दिपक भट्टराईले कृष्णको परिवारको तर्फबाट सम्पूर्ण नेपाली समुदायलाई अपिल गरेका छ्न । उनले “कृष्ण परदेशमा संघर्ष गरिरहेका एक युवा हुन् । अहिले उनि अस्पतालको शैयामा छन् । हाम्रो सानो सहयोगले नयाँ जीवन दिन सक्छ । हामी नेपालीमा दुःखमा एकअर्कालाई साथ दिने संस्कार रहेको भन्दै सबैलाई सह्योग गर्न अनुरोध गरेका हुन ।
कृष्णका लागी सञ्चालन गरीएको सहयोग अभियान अन्तर्गत गोफन्डमी मार्फत बीस हजार डलर लक्ष्य राखिएको छ । हालसम्म दश हजार डलरभन्दा बढी सहयोग संकलन भइसकेको छ, र सहयोग आउने क्रम जारी छ ।
सहयोग गरौं – जीवन बचाऔं
कृष्ण घिमिरेको उपचारका लागि तपाईंको सानो सहयोग अमूल्य हुनेछ ।
(सहयोगका लागिः गोफन्डमी लिंक यहाँ रहेको छ)