२०८२ बैशाख ७ गते शनिवार

राप्ती सेवा समाज, न्यूयोर्कले होली विशेष कार्यक्रम गर्ने

 अमेरिकाको न्यूयोर्कमा रङहरुको पर्व होली विशेष कार्यक्रम हुने भएको छ । नेपाली संस्कृतिको जगेर्ना गर्न र प्रवासमा नेपाली मौलिकता बचाइ राख्न राप्ती सेवा समाज, न्यूयोर्कले होली विशेष कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध्यक्ष दिपक भट्टराईले बताए ।

होली नेपाली संस्कृतिमा विशेष महत्व राख्ने चाड भएकाले यस अवसरमा सबै नेपालीलाई एकजुट गराउने उद्देश्य रहेको भट्टराईले बताए । 

मार्च १३ बिहीबार, न्यूयोर्कस्थित कोरोना पार्कमा आयोजना गरीएको कार्यक्रममा सहभागीहरूले परम्परागत शैलीमा होली खेल्ने, शुभकामना साटासाट गर्ने र आपसी मित्रतालाई थप मजबुत बनाउने अवसर पाउनेछन् ।

होली रङ खेल्ने पर्व मात्र नभई आपसी प्रेम, मित्रता र सामाजिक एकताको सन्देश दिने भएकाले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई होलीको रौनक सँगै नेपाली संस्कृतिको झल्को अनुभूति गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *