२०८१ फाल्गुन ७ गते बुधवार

अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

Photo source: nbcwashington.com / कार पोखरीबाट निकाल्दै ।

अमेरिकाको उत्तरी भर्जिनिया राज्यमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कार चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको छ । 

स्थानीय समय अनुसार बिहीबार बिहान करिब साढे सात बजेतिर उत्तरी भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको पोखरीमा कार खस्दा कारमा रहेका दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार पार्किङ भएको ठाउँमा हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो ।

अत्यधिक चिसो मौसम र उद्धारमा ढिलाइ भएकाले उनीहरुको मृत्यु भएको त्यहा रहेका नेपालीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *