नेपालीको दोश्रो ठुलो चाड तिहारको अवसरमा राप्ति सेवा समाज द्वारा आयोजित देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम अमेरिकाको न्युयोर्कमा भब्य रुपमा सम्पन्न भएको छ ।
समाजको वरिष्ठ उपाध्यक्ष कृष्ण खडकाको सभापतित्वमा भएको कार्यक्रममा चर्चित गायक चन्द्र शर्मा, जेबि वलि, गायक तिलक ओलि, गायिका आसा पुन, गायक सुमन सिङ, गायक दिपेन्द्र डाङि लगायतका कलाकारहरुको समुहले मौलिक भैलो प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्माले हाम्रो संस्कृतिको संरक्षण र प्रवर्धनमा यस कार्यक्रमले महत्वपूर्ण योगदान दिने बताए। उनले हाम्रो समाजमा एकता, सद्भाव, र संस्कृतिको महत्त्व पनी यस्ता कार्यक्रमले दिने बताए ।
समाजका सल्लाहकार यम अधीकारीले सामाजले आयोजना गरेको यो कार्यक्रमले हाम्रो संस्कार, संस्कृति, र परम्परालाई जगेर्ना गर्दै समाजमा एकता र सद्भाव बढाउनेछ भन्ने मा जोड दिएका थिए ।
प्रदेशमा भएपनि स्वदेशि झझल्को हुनेगरि खेलिएको उक्त मौलिक देउसी भैलो मा कलाकारहरुको बेजोड प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । नेपाली कला धर्म संस्कृति र हाम्रा चाडवाडलाइ बालकदेखि वृद्द सम्म जोड्न पनि यस्ता कार्यक्रमको आयोजना हुनेगरेको सास्कृतिक संयोजक चन्द्र ओलिले बताए ।
सदाका बर्षहरु झै यो बर्षपनि समाजले तिज र तिहारको अवसर मा बिषेश कार्यक्रम सम्पन्न गरेको हो । राप्तिबासिको साथ सहयोगले कार्यक्रम भब्यताका साथ सम्पन्न भएको र आगामी दिनमा पनि यसैगरि सहयोगको अपेक्षा राप्ति समाजले लिएको संस्थाका महासचिब बसन्त अधिकारिले बताएका थिए ।
समाजका उपाध्यक्ष उपाध्यक्ष लोकमणी न्यौपानेको स्वागत मन्तव्यबाट कार्यक्रम सुरुभएको हो भने कार्यक्रम सन्चालन सचिव तुलसीराम ओलीले गरेका थिए । यस्तै सास्कृतिक कार्यक्रमको सहजिकरण सन्चार संयोजक सन्तोश शर्माले गरेका थिए ।